News

भारतीय राजदूतावासद्वारा विश्व हिन्दी दिवस मनाइयो 

भारतीय राजदूतावासद्वारा विश्व हिन्दी दिवस मनाइयो 

काठमाडौं – काठमाडौंस्थित भारतीय राजदूतावास तथा त्रिभुवन विश्वविद्यालय अन्र्तगतको हिन्दी केन्द्रीय विभागले एक औपचारिक कार्यक्रमको आयोजना गरी संयुक्त रुपमा आज  हिन्दी दिवस मनाएको छ।

उक्त समारोहमा कार्यवाहक राजदूत डा. अजय कुमारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश पढेर सुनाएका थिए। सो कार्यक्रममा प्रमुख अतिथि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले हिन्दी दिवसको बारेमा बोल्दै आफ्नो मनतब्य राखेका थिए।

उक्त समारोहमा हिन्दी केन्द्रीय विभागको शोध पत्रिका ‘साहित्यलोक’ को विशेषाङ्कको लोकार्पणसमेत गरिएको छ। वी.पी. कोइराला भारत–नेपाल फाउन्डेसन, भारतीय राजदूतावास, काठमाडौंको 
सहयोगमा प्रकाशित दुई हिन्दी तथा दुई नेपाली पुस्तकको पनि सोही कार्यक्रममा लोकार्पण गरिएको दूतावासले जनाएको छ।

पुस्तकहरुमा हिन्दी केन्द्रीय विभागका विद्यार्थीहरुद्वारा नेपालीमा अनुवाद गरिएका विश्व प्रसिद्ध हिन्दी कथाकार प्रेमचन्दद्वारा लिखित पाँच प्रसिद्व कथा एवम् नेपालीमै अनुवाद गरिएको स्वामी  विवेकानन्दको प्रसिद्ध पुस्तक ‘कर्मयोग’ समावेश रहेका छन् । 

साथै हिन्दीमा अनुवाद गरिएका नेपालका राष्ट्र कवि माधव प्रसाद घिमिरेद्वारा रचित गीति नाटक ‘अश्वत्थामा’ एवम् युवा तथा नयाँ नेपाली कथाकारहरुद्वारा लेखिएका २५ आधुनिक नेपाली कथाहरुको अनुवादित सङ्ग्रह ‘उत्कृष्ट कहानियां’ को पनि लोकार्पण गरिएको छ। 

यी कथाहरु बाह्रखरी मिडियाले नेपालभर आयोजना गरेको कथा लेखन प्रतियोगीताबाट छानिएका थिए । त्यस्तै समारोहमा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र, काठमाडौंका कलाकारहरुले प्रख्यात हिन्दी कविहरुका रचनाहरुको साङ्गीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । लेखक, पत्रकार, हिन्दी तथा नेपाली बुद्धिजीवी, प्राज्ञ र विद्यार्थी लगायत विविध क्षेत्रका २०० भन्दा बढी विशिष्ट साहित्यिक 
महानुभावहरुले सो कार्यक्रममा सहभागीता जनाएका थिए ।  

विशेष