उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले  उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने निर्णय गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङफेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको हो।

सचिवालयको बैठकमा सभामुखमा उम्मेदवारी दिने निर्णय पनि भएकाे छ । सभामुखमा उम्मेदवारी दिने निर्णय भएको भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभामुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ ।’

स्रोतका अनुसार स्वास्थ्यका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुन सकेका थिएनन् । यद्यपि उनकै सहमतिमा निर्णय भएको नेताहरुले बताएका छन् । यद्यपि उनकै सहमतिमा निर्णय भएको नेताहरुले बताएका छन् । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तुम्बाहाम्फेसँग शुक्रबार भएको छलफलबारे ब्रिफिङ गरेका थिए। नेकपाका अध्यक्षद्धयसँग भएको भेटमा तुम्बाहाम्फलेे आफूलाई सभामुख बनाउने निर्णय गरे मात्र उपसभामुखबाट राजीनामा दिने, नभए सदन सुचारु गरेर सभामुख निर्वाचनको प्रक्रिया सुरु गर्ने अडान लिएकी थिइन् ।

सचिवालय बैठकमा नेताहरुले उपसभामुखको अडान उपयुक्त नभएको धारणा राखेका थिए । तर सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने कुनै छलफल नभएको नेताहरुले बताएका छन् ।

सभामुखको टुंगो नलाग्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन। पुस ११ र १६ गते सूचना टाँसेर बैठक स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ। 

सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानले गर्दा उपसभामुखलाई राजनिामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो। 

संम्बधित खबर

विशेष