News

नेपालमा भित्रियो पार्टी बस, यस्ता छन् विशेषता

नेपालमा भित्रियो पार्टी बस, यस्ता छन् विशेषता

काठमाडौं: डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाई, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको बसमा यात्रा गर्नुभएको छ? छैन भने अनुभव लिन तयार हुनुहोस् । यस्तै किसिमकाे अन्तर्क्रियात्मक गतिविध समेटिएको पार्टी बस पहिलो पटक काठमाडौं भित्रिएको छ ।

भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिसलाई पार्टी गर्न मिल्ने थालेको रुपमा परिमार्जन गरिएको छ । यहाँभित्र सिट छैनन् । सोफा शैलीमा दुईतिर काउच राखिएको छ, जहाँ एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ । त्यससँगै अगाडि एकजना डिजे हुन्छन् ।

संगीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिने छ । रियल इकोनोमिक सस्टिनेबल सोसाइटी नेपाल (रेस नेपाल)ले यो बस एक साताभित्रै व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँदै छ ।

पार्टी राइड, एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयो गर्न चाहनेले प्रति तीन घण्टाको ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने रेस नेपालले जानकारी दिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

पार्टी बस

विशेष