पाकिस्तानको एक मस्जिदमा विस्फोट, डीएसपीसहित १४ जनाको मृत्यु

एजेन्सीः पाकिस्तानको बलूचिस्तान प्रान्त स्थित क्वेटा शहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको ज्यान गएको छ । घटनामा २१ जना घाइते भएका छन् ।
आक्रमणमा परी क्वेटा शहरका डीएसपी अमानुल्लाहको पनि मृत्यु भएको छ । शहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ ।
पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ ।