बिग बास लिगः नवौं म्याचका लागि पनि टिममा अटाए सन्दीप

बिग बास लिगः नवौं म्याचका लागि पनि टिममा अटाए सन्दीप

काठमाडौंः अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) अन्तर्गत आफ्नो नवौं म्याचका लागि मेलबर्न स्टार्सले टोली घोषणा गरेको छ । मेलबर्नले आइतबार हुने सिड्नी सिक्सर्स विरुद्धको खेलमा लागि आज १३ सदस्यीय टोली घोषणा गरेको हो । सिक्सर्सविरुद्ध पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले टिममा मौका पाएका छन् । 

मेलबर्नले नवौं म्याचमा नाथन कल्टर–नाइल र साम इलियटलाई विश्राम दिइएको छ । उनीहरुको स्थान ज्याक्सन कोलम्यान र जोनाथन मेर्लोले लिएका छन् । मेलबर्न–सिक्सर्सबीचको खेल आइतबार दिउँसो १ः५५ बजेदेखि मेलबर्नमा सुरु हुनेछ । जारी सिजनमा पनि सन्दीपआवद्ध मेलबर्न स्टार्स शानदार प्रदर्शन गरिरहेको छ ।

उसले ८ म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । र, मेलबर्न १४ अंकका साथ शीर्ष स्थानमा छ । यता सिक्सर्सले ८ म्याचमा ६ मा जित र २ खेलमा हार बेहोर्दै १२ अंक जोडेर दोस्रो स्थान बनाएको छ ।   

सिक्सर्सविरुद्ध मेलबर्नद्वारा घोषित स्टार्सको टिमः ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, ज्याक्सन कोलम्यान, बेन डन्क, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, जोनाथन मेर्लो, लान्स मोरिस, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

बिग बास लिग बीबीएल सन्दीप लामिछाने मेलबर्न स्टार्सविरुद्ध सिड्नी सिक्सर्स

संम्बधित खबर

विशेष