News

‘देशमा शान्ति स्थापना गर्न गिरिजाबाबुको भूमिका महत्वपूर्ण’

‘देशमा शान्ति स्थापना गर्न गिरिजाबाबुको भूमिका महत्वपूर्ण’

काठमाडौंः  देशमा शान्ति स्थापनामा स्व. पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भूमिका महत्वपूर्ण रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । गिरिजाप्रसाद कोइराला फाउण्डेशन ललितपुरद्वारा शुक्रबार आयोजित ‘बृहत शान्ति सम्झौतामा गिरिजाप्रसाद कोइरालाको नेतृत्वदायी भूमिका’  विषयको विचार गोष्ठीमा बोल्ने वक्ताले यस्तो बताएका हुन् । 

विचार गोष्ठीमा पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइलाराला, पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह के.सी, नेका केन्द्रीय सदस्य प्रदीप पौडेल, जी पि फाउण्डेशन प्रदेश नं. ३ की संयोजक एवं नेका नेतृ रीता खनाल, पूर्ब वृगेडियर जनरल दन्द विशेषज्ञ डा. उमेश भट्टराई, पुराना नेता ॐकार श्रेष्ठ, फाउण्डेशनका ललितपुर जिल्ला संयोजक जितेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

कार्यक्रममा बोल्दै उनीहरुले देशमा शान्ति स्थापना गर्न गिरिजाप्रसाद कोइरालाले खेलेको भूमिका लोकतन्त्रका लागि निकै महत्वपूर्ण रहेको बताएका थिए । द्धन्द्धको दलदलमा फसेको देशलाई शान्तिपूर्ण निकास दिनमा पूर्वप्रधानमन्त्री कोइरालाको योगदान अतुलनिय रहेकोमा कार्यक्रमका सहभागीले जोड दिएका थिए ।

साथै कार्यक्रममा सहभागीले लोकतन्त्र र काङ्ग्रेसलाई बलियो बनाउन जि.पि फाउण्डेशनले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । कांग्रेसलाई बलियाे बनाउन एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएकोसमेत कार्यक्रममा जोड दिइएको थियो ।  

गिरिजाप्रसाद कोइराला जि.पि फाउण्डेशन

विशेष