पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्य रातबाट लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो ।
अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। उपरोक्त समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ।
पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर तथा विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढीमा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा लिटर कायम गरिएको छ ।