ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० यात्रुको मृत्यु
एजेन्सी। भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लाग्दा २० जनाको ज्यान गएको छ । भने २१ जना घाइते भएका छन। बस कन्नौजको गुरसहाय गञ्जबाट जयपुरका लागि छुटेको थियो ।
मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताउनुभएको छ । सरकारले घाइतेको उपचारका लागि ५०/५० हजार र मृतकका परिवारलाई २/२ लाख रुपैयाँ राहतस्वरुप दिने उहाँले घोषणा गर्नुभयो । साथै मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिनुभएको छ ।
यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा मृत्यु भएका परिवारप्रति समवेदना प्रकट गर्दै दुःख व्यक्त गर्नुभएको छ । ट्वीट गर्दै उहाँले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गर्नुभएको छ ।
४३ यात्रु सवार बस ट्रकसंग ठोक्किएपछि आगो लागेको थियो। बसमा गुरसहायगञ्जका २६ जना र छिबरामउका १७ जना यात्री चढेको कन्नौजका जिल्ला अधिकारी रविन्द्र कुमारले जानकारी दिनुभयो ।
बसमा आगो