News

प्रदेश–३ को राजधानी धुलिखेल बनाउन प्रस्ताव दर्ता

प्रदेश–३ को राजधानी धुलिखेल बनाउन प्रस्ताव दर्ता

हेटौँडाः प्रदेश ३ को राजधानी काभ्रे हुनुपर्ने भन्दै प्रदेशसभामा प्रस्ताव दर्ता गरिएको छ । शनिबार विवेकशील साझाका सांसदले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउने प्रस्ताव प्रदेशसभामा दर्ता गरेका हुन् । 

विवेकशील साझाका सांसद रमेश पौडेलले दर्ता गराएको प्रस्तावमा सांसद शोभा शाक्य र विराजभक्त महर्जन समर्थक रहेका छन् । 

शनिबार नै सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलले हेटौँडालाई राजधानी बनाउने प्रस्ताव दर्ता गर्दै छन् । प्रदेशसभामा नेकपा र कांग्रेसको सहमतिपछि प्रदेश राजधानी हेटौँडा हुने पक्का भइसकेको छ । 

बलियो दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दल राजधानी हेटौंडा र नाम बागमती बनाउन एकमत भएका छन् । राजधानीलाई लिएर नेकपाका प्रदेश सांसदहरूमा तीव्र मतभेद थियो । 

हेटौंडा प्रदेश ३ प्रदेशसभा धुलिखेल

विशेष