अज्ञात समूहद्वारा एनसेल टावरमा आगजनी

गोरखा । गोरखाको सहिद लखन गाउँपालिका-१ बक्राङ भोक्टेनिमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेका छन।
शुक्रबार राति करिब साढे ११ तिर अज्ञात समूहले टावरमा आगो लगाएको प्रहरीको भनाइ छ। जुटको बोरा र परालको प्रयोग गरि उक्त टावरमा आगो लगाईएको एसपी रमेशप्रसाद अधिकारीले बताउनुभयो।
आगलागीबाट टावरको तारमा क्षति पुगेको छ भने सो क्षेत्रको सेवा समेत अवरुद्ध भएको छ। आगजनी गर्नेको खोजी भईरहेको प्रहरीले जनाएको छ।
एनसेल टावर आगजनी