News

दिलिप हत्या प्रकरणमा क्रसर संचालक विपिन महतो पक्राउ

दिलिप हत्या प्रकरणमा क्रसर संचालक विपिन महतो पक्राउ

धनुषा – धनुषाको मिथिला नगरपाकिला ५ श्रीपुरस्थित औरही खोला उत्खननको विरोध गर्ने ओमप्रकाश महतो (दिलिप) हत्या प्रकरणमा सोही ठाउँका क्रसर संचालक विपिन कुमार महतोलाई प्रहरीले पक्राउ परेको छ।

श्रीपुर निवासी विपिनलाई जनकपुरधाम उपमहानगरपालिका –१ बाट शनिबार बिहान जिल्ला प्रहरी कार्यालय जनकपुरको विशेष टोलीले पक्राउ गरेको हो। धनुषाका प्रहरी प्रमुख रमेश बस्नेतले अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका दिलिप महतोको मृत्युको विषयमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको जानकारी दिए ।

परिवारका सदस्यका अनुसार क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए । धनुषाको मिथिला नगरपालिका९५ स्थित औरही खोलामा जथाभावी तरिकाले उत्खनन गरी बालुवा, गिट्टी झिकिरहेको कार्यलाई रोक्न खोज्दा शुक्रबार टिपरले किचेर दिलिपको हत्या गरिएको थियो ।

महतो शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका थिए । त्यहीँ उनीमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विशेष