माथिल्लो कर्णाली आयोजना स्थलमा बम विस्फोट

दैलेखः माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थलमा गएराति वम विष्फोट भएको छ । जिएमआरको कार्यालय रहेको स्थल कर्णाली नदी पारी अछामको तुर्माखाँद गाउँपालिका–३ को खैरीटाकुरीमा गएराति सवा १० बजेतिर बम विष्फोट भएको हो ।
नेपाल सरकारद्धारा प्रतिबन्धित पार्टी विप्लव समूहले बम विष्फोटको जिम्मा लिएको छ । बम विष्फोटको जिम्मा विप्लवले लिए पनि आधिकारिक धारणा प्रेस विज्ञप्ती मार्फत जानकारी दिइने विप्लव समूहका अछामका जिल्ला सेक्रेटरी भरत सावदले जानकारी दिए ।
नेपालको प्राकृति स्रोत साधनमा विदेशीको हालीमुहाली हुन नदिन माथिल्लो कर्णाली आयोजना सञ्चालन हुन नदिइने उनले बताए ।
बम विष्फोटपछि जिएमआर कार्यालयमा रहेको सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । आयोजनाको प्रभावित क्षेत्र गस्ति थालिएको पाल्तडा स्थित प्रहरी चौकीले जनाएको छ ।
बम विस्फोट माथिल्लो कर्णाली जलविद्युत आयोजना