संसदमा उठ्यो दिलीप हत्यारा प्रकरणको मुद्दा
काठमाडौं – संघीय संसदको राष्ट्रिय सभामा दिलीप महतोको हत्या प्रकरणमा बहस भएको छ। राष्ट्रिय सभामा सांसदहरूले नदीको अवैध उत्खनन रोक्ने क्रममा हत्या गरिएका दिलीपको हत्यारालाई कारबाही गरेर मात्रै नपुग्ने बताए।
सभाको आइतबार बसेको बैठकमा बोल्दै सांसद विमला राई पौडेलले भनिन्,‘‘ यो श्रदाञ्जली दिएर र दोषीलाई सजाय दिएर मात्रै पुग्ने घट्ना होइन, अब कहिल्यै यस्तो घट्ना हुनुहुँदैन भन्ने सुनिश्चित गर्न सक्नुपदर्छ।’
चोरी उत्खननको विरोधमा पहरेदारी गर्ने युवाको लाश बिना मुचुल्का त्यहाँबाट हटाउनु शंकास्पद रहेको अर्का सांसद वृषेशचन्द्र लालले बताए ।
‘चौकी नजिकै अवैध उत्खनन् हुँदा प्रहरीले नदेखे जस्तो गर्यो’ बैठकमा बोल्दै उनले भने, ‘घट्नाको प्रकृति अध्ययनै नगरी लास उठाउनुले प्रहरीले नै हत्या गरे पनि हामी जोगाउँछौं भन्ने मनसाय राखेको देखियो ।
सांसद कोमल वलीले दिलीप महतोका हत्यारा मात्रै होइन त्यस्तो मानसिकता बोक्ने सबै अपराधी त्रसित हुनुपर्ने पर्ने वातावरण बनाउनु पर्नेमा जोड दिइन् ।