News

गेष्ट हाउसमा प्रहरीकाे छापा, संचालकसहित जाेडी पक्राउ

गेष्ट हाउसमा प्रहरीकाे छापा, संचालकसहित जाेडी पक्राउ

काठमाडौँ - धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाकाे एक गेष्ट हाउसमा प्रहरीले छापा मारेकाे छ। गेष्ट हाउसमा यौन धन्दा चलाएकाे सूचनाकाे आधारमा प्रहरीले छापा मारेकाे हाे। छापा मारेर सञ्चालकसहित एक जोडी प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीले  गएराति १ महिला र १ पुरुष अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । यस्तै महिलाहरुलाई प्रलोभनमा पारी जबर्जस्ती यौन व्यसायमा लगाउने  गेष्ट हाउसकी सन्चालक धनुषा क्षिरेश्वरनाथ नगरपालिका वडा नं ६ की २६ कि रिता चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीको भनाइ छ । 

उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेका छ भने पक्राउमा परेकाहरुलाई मानव वेचबिखन तथा ओसारपोसार ९नियन्त्रण० ऐन २०६४ अन्तर्गत मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

विशेष