दिलीप हत्या प्रकरणमा मानवअधिकार आयोगको गम्भीर चासो

दिलीप हत्या प्रकरणमा मानवअधिकार आयोगको गम्भीर चासो

धनुषा –  मानवअधिकार आयोगले धनुषाको मिथिला नगरपालिका–५ का वातावरण संरक्षण अभियन्ता एवं मानवअधिकार रक्षक दिलीप महताे (ओमप्रकाश)लाई टिपरले किचेर हत्या गरेकाे प्रतिगम्भीर चासो व्यक्त गरेको छ।

दिलीपको औरहीखोलामा टिपरले टाउकोमा कुल्चाएर हत्या भएको भन्दै आयोगले अनुसन्धानका लागि टोली घटनास्थल पठाएको छ । २५ पुसमामा दिलीपको हत्या भएकाे थियाे।

यो घटनाले वातावरण संरक्षणमा लागिरहेका व्यक्तिको जीवनको अधिकार तथा नेपालले हस्ताक्षर गरेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र, १९६६ को उल्लंघन भएको आयोगको ठहर छ ।‘स्वच्छ वातावरणको अधिकार मानवअधिकारको महत्त्वपूर्ण विषय हो । वातावरणको अधिकारको संरक्षण गर्नु हामी सबैको दायित्व हुन्छ । हिंसा तथा कसैको जीवन नै समाप्त गरेर समस्याको समाधान हुन सक्दैन भन्ने माआयोग विश्वस्त छ,’ आयोगले विज्ञप्तिमार्फत भनेको छ ।

यसैबीच, वातावरण संरक्षण अभियन्ताहरूको टोलीले आयोगमा आज ज्ञापनपत्र बुझाएका छन् । घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीलाई कानुनी कारबाहीको माग गर्दै उनीहरूले आयोगका अध्यक्ष अनुपराज शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझ्दै शर्माले घटना दुःखद भन्दै आयोगले नजिकबाट नियालिरहेको बताए । आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिनेतर्फ सचेत रहँदै निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत घटनाको सत्यतथ्य उजागर गरि दोषीलाई कानुनबमोजिम कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिनसमेत आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

संम्बधित खबर

विशेष