पञ्चकन्याले ल्यायो सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाईप र फिटिङ्गस्
काठमाठौं– विभिन्न प्रकारका प्लाष्टिकका पाईपहरु उत्पादनमा अग्रणी रहेको र नेपालमै पहिलो पटक पञ्चकन्या ग्रुपले सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाईप तथा फिटिङ र ट्रान्सप्यारेन्ट फिटिङ भित्र्याएको छ ।
साथै फ्लेम प्रो पाईपहरु आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू।भी। रेसिष्टेण्ट जस्ता गुणहरुले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रुपले किफायती र सस्ता छन् । यो उत्पादनलाई फायर स्प्रिङ्क्लरको लागि अति उत्तम रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।
त्यसैगरी ट्रान्सप्यारेन्ट फिटिङ तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ बिकल्पको रुपमा लिन सकिने कम्पनीले जनाएको छ ।
दुवै उत्पादन विश्व प्रसिद्ध जापानिज सेकिसुइ कम्पनीको कच्चा पदार्थ प्रयोग गरिने र आईएसओ ९००१ः२००१५ स्ट्यान्डर्डबाट बनाईने हुँदा कम्तिमा ५० वर्षसम्म टिकाउ हुन्छ ।
पछिल्लो समय सीपीभीसी पाईप तथा फिटिङ्समा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आइएसआई चिन्ह प्राप्त गर्ने एकमात्र पहिलो कम्पनी हुन सफल भएको छ । पञ्चकन्याले आफ्नो गुणस्तर प्रतिको प्रतिवद्धता तथा “सदैव विश्वासिलो” र “सधै एक कदम अगाडी” भन्ने आफ्नो मूल मन्त्रलाई व्यवहारमा उतार्ने प्रण कम्पनीले लिएको छ ।