डीएफओसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

डीएफओसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेजिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन डीएफओसहित १३ जनाविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा दायर गरेको छ । सेतीदेवी वनका हरिया साल र अस्ना जातका रुखहरु काटेर विक्री गरेको आरोपमा उनीहरुविरुद्ध आयोगले मुद्दा दायर गरेकाे हाे।

तत्कालीन वन अधिकृत (डीएफओ) राजेन्द्र न्यौपाने, सहायक वन अधिकृतहरु रामवावु यादज, राजेन्द्रमान राज भण्डारी, विशाल भट्टराई, सोनालाल जयसवाल र नारायणबहादुर कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।

तत्कालीन रेन्जर राजु लामा, फरेस्टर मोहनराज घिमिरे, वन रक्षक किरणकुमार क्षेत्री र धनलाल यादव तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमानसिंह न्यासुर, सचिव हरिमाया मोक्तान र कोषाध्यक्ष रेजिना गोलेलाई पनि मुद्दा लगाइएको छ ।

तत्कालीन गढी इलाका, सेक्टर, जिल्ला वन कार्यालय, क्षेत्रीय वन निर्देशनालय हेटौडाका कर्मचारी तथा सेतीदेवी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत ९ हजार १७८ क्यू.फिट काठ हुने गरी हरिया साल तथा अस्ना जातका रुखहरु काटेको पारेर एक करोड ५२ लाख १९ हजार ३२६ रुपैयाँ ७६ पैसा भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।a

संम्बधित खबर

विशेष