‘म राजीनामा दिन्नँ, हटाउने भए महाअभियोग लगाएर हटाउनुस्’
काठमाडाैँ – सत्तारुढ नेकपाबाट सांसदमा निर्वाचित भएर उपसभामुख बनेकी शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा बताएकी छन्।
शुक्रबार बिहान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख तुम्बाहाङ्फेसँग छलफल गरेर पदबाट राजीनामा सुझाए थिए। ओली र दाहालले तुम्बाहाङ्फेलाई सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि राजीनामा दिन सुझाए पनि उनी मानेकी छैनन्।
उपसभामुख तुम्बाहाङ्फेले निर्वतमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको आफू भागीदार नहुने भन्दै राजीनामा नदिने
विभिन्न सञ्चार माध्यमलाई जानकारी दिएकी छन्। उनले आफू सभामुखका लागि योग्य पात्र भएको भन्दै योग्यताको लिस्ट नै अध्यक्षद्वयलाई पेस गरिन्। र,मिडियासँग भनिन्, ‘म राजीनामा दिन्नँ,हटाउने भए महाअभियोग लगाएर हटाउनुस्।’
आफूहरूको आग्रहलाई तुम्बाहाङ्फेले अस्वीकार गरेपछि द्वय अध्यक्ष असन्तुष्ट बनेका छन्। शनिबार दिउँसो नेकपा सचिवालयको बैठक डाके। बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिए पनि उनी नदिने अडानमा छिन्।