News

काठमाडौंका नाम चलेकै अस्पतालद्वारा विदेशीमाथि लुट

काठमाडौंका नाम चलेकै अस्पतालद्वारा विदेशीमाथि लुट

काठमाडौंः काठमाडौंका निजी अस्पतालले विदेशी पर्यटकलाई उपचारका नाममा चरम आर्थिक शोषण गरिरहेका छन् । पर्यटकको गुनासो बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन गरेको थियो । तर, अध्ययन टोलीले दिएको प्रतिवेदनमा सरकारले कुनै कारबाही गरेको छैन । काठमाडौंका ६ ठूला अस्पतालको सेवा अनुगमन गर्न २०७६ भदौ २५ मा समिति गठन गरेको थियो ।

मन्त्रालयको उपचारात्मक सेवा महाशाखाका निर्देशक डा. तारा पोखरेलको संयोजकत्वमा गठन भएको समितिमा उपसचिव सानुबाबु अधिकारी, कानुन उपसचिव पुष्कारराज नेपाल, वीर अस्पतालका चिकित्सक सरोज शर्मा, नेपाल मेडिकल काउन्सिलका कालुसिंह खत्री र औषधि व्इवस्था विभागका प्रतिनिधि पनि थिए । आर्थिक शोषण गर्ने अस्पतालहरु र विवरण 

बयोधा अस्पतालः एकै बिरामी एकै समयमा एसआइसियु, आइसियु, डिलक्स र स्विट रुमा भर्ना भएको बिल, १७ दिनमा १०९ पटक विशेषज्ञ राउन्ड । 

ग्रान्डी अस्पतालः नाफारहित रक्तसञ्चार सेवामा पनि पर्यटकबाट नाफा कमाएको भेटियो, रेफर भएर आएका बिरामीलाई पहलो अस्पतालले गरेको जाँच फेरि फेरि गर्न लगाएको । 

नर्भिक अस्पतालः कोअर्डिनेसन चार्ज, हस्पिटल सरचार्जजस्ता अनौठा शीर्षक राखेर पर्यटकबाट पैसा असुल, मन्त्रालयको टोलीले माग्दा पन मूल्यसूची दिएन । 

सिवेक अस्पतालः सामान्य उपचारमै एक लाख ६९ हजार लिएको अभिलेख । अझ, बिरामीबाट तीन हजार ६०० अमेरिकी डलर (करिब चार लाख रुपैयाँ) असुली ।

स्वाकोन अस्पतालः एमबिबिएस डाक्टरले सेवामा आठ हजार २८० रुपैयाँ चार्ज, अस्पतालमा सिटीस्क्यान, एमआरआई, मोडुलर अपरेसन थिएटरसमेत छैन । 

इरा हेल्थ सेन्टरः १२० रुपैयाँ पर्ने औषधिलाई तीन हजार ३०० रुपैयाँमा बिक्री, एचआइभी परीक्षण पनि दिनमा दुईपटकसम्म, तर रिपोर्ट दिइएन । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

विदेशी पर्यटक आर्थिक शोषण ग्रान्डी अस्पताल नर्भिक अस्पताल बयोधा अस्पताल सिवेक अस्पताल

विशेष