News

राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति समवेदना

राष्ट्रपति भण्डारीद्वारा अष्ट्रेलियामा डढेलोबाट भएको क्षतिप्रति समवेदना

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियामा महिनौंँदेखि लागिरहेको भीषण डढेलोले मानवीय क्षतिसहित करोडौंँ जीवजन्तु र बोटबिरुवा विनाश गरेकामा समवेदना व्यक्त गरेकी छन् । 

शनिबार अपराह्न ट्विट गर्दै राष्ट्रपति भण्डारीले अग्नि नियन्त्रण गर्न सम्बद्ध पक्षलाई शीघ्र सफलताको कामनाका साथ सुन्दर प्रकृति र संस्कृति जोगाएर जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायलाई आह्वान पनि गरेकी छन् । 

विद्यादेवी भण्डारी अष्ट्रेलिया डढेलो

विशेष