News

आफ्नै कन्चटमा गोली हानी प्रहरी हबल्दारद्वारा आत्महत्या

आफ्नै कन्चटमा गोली हानी प्रहरी हबल्दारद्वारा आत्महत्या

जाजरकोटः जाजरकोटमा एक प्रहरी हबल्दारले आफैँलाई गोली हानेर आत्महत्या गरेका छन् ।जारकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार आज बिहान ७ बजेतिर प्रहरी हबल्दार भोजबहादुर कठायतले आफैँलाई गोली हानी आत्महत्या गरेका हुन् ।  

बाजुरा स्थायी घर भएका कठायत चार महिनादेखि नलगाड नगरपालिका वडा नं ७ स्थित इलाका प्रहरी कार्यालय  दल्लीमा कार्यरत थिए ।

घुमुवा प्रहरीको रुपमा कार्यरत ३५ वर्षीय कठायतले आत्महत्या गर्नुको कारण  खुल्न सकेको छैन ।  घटनाबारे छानविन गर्न टोली परिचालन गरेको प्रजिअ पन्तले जानकारी दिए । 

जाजरकोट आत्महत्या प्रहरी हबल्दार भोजबहादुर कठायत

विशेष