News

सल्यानमा भीरबाट लडेर २ जनाको मृत्यु

सल्यानमा भीरबाट लडेर २ जनाको मृत्यु

सल्यानः सल्यानमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ । जिल्लाको दार्मा गाउँपालिका–४ मसिना निवासी ५५ वर्षिय दल बहादुर बोहरा र वडा न ४ कै सर्सुखोलाका २४ वर्षिय गणेश रावतको भीरबाट लडेर ज्यान गएको हो ।

बोहराको लाँखुरेडाँडाको भित्री सडकखण्डको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । शनिवार गाउँ नजिकै रहेको भीरबाट लडेर उनको मृत्यु भएको थियो ।

यस्तै रावतको शनिवार नै भैसी टाकुरी भीरमा शव फेला परेको हो । बिहीबारदेखि हराएका रावतको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीको भनाई छ । उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ ।

भीर सल्यान

विशेष