आज पनि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

आज पनि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौंः प्रतिनिधिसभाको आज बोलाइएको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा सभामुखका बारेमा निर्णय हुन नसक्दा प्रतिनिधिसभाको बैठक पटक–पटक सूचना टाँसेर स्थगित हुँदै आएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते दिउँसो १ बजे बस्ने गरी तोकिएको संघीय संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

प्रतिनिधिसभाको सभामुख पद हाल रिक्त रहेकोले सभामुख पदमा सत्तापक्ष नेकपाले आफ्नो उम्मेदवार बनाउन उपसभामुखले राजीनामा गर्नुपर्ने हुन्छ । तर उपसभामुखले राजीनामा नदिँदा सभामुखमा नेकपाले आफ्नो उम्मेदवार उठाउन नमिल्ने हुनाले नेकपा सचिवालयको शनिबारको बैठकले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको थियो । तर उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिएकी छैनन् ।

प्रतिनिधिसभा बैठक स्थगित नेकपा

संम्बधित खबर

विशेष