News

आज सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

आज सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस

काठमाडौँ । विगत ६ वर्षदेखि अंग्रेजी नयाँ वर्ष जनवरी १ लाई अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका रूपमा मनाउने गरिएको छ ।

सोहीअनुरुप बुधबार सातौँ अन्तर्राष्ट्रिय टोपी दिवस मनाइँदै छ । नेपाल टोपी प्रतिष्ठानले नेपाली टोपीलाई अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउन बुधबार शिरमा टोपी लगाएर भव्य रूपमा मनाउन आग्रह गरेको छ ।

प्रतिष्ठानका अध्यक्ष शंकर बञ्जाडेले जारी गरेको विज्ञप्तिमा अभियानलाई थप व्यापक र व्यवस्थित बनाउने उद्देश्यले हालसम्म ३९ देशमा शाखा गठन भइसकेको र थप गठन हुने प्रक्रियामा रहेको जनाएका छन् । ‘१ जनवरीका दिन आफ्नो अवस्थाअनुकूल नेपाली टोपी पहिरेर नेपालीहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा नेपाली टोपीलाई स्थापित गराउन सहयोग गर्नु हुन अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली टोपी दिवस

विशेष