News

जग्गा नाप्दा घुस माग्ने नापी सर्वेक्षक पक्राउ

जग्गा नाप्दा घुस माग्ने नापी सर्वेक्षक पक्राउ

विराटनगर - जग्गा नापजाँच गर्दा घुस माग्ने नापी कार्यालय बेलबारीका अमिन (सर्वेक्षक) दिनेशकुमार शाह पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित सर्वेक्षक शाहलाई पक्राउ गरेकाे हाे।

मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेका थिए । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

घुस मागेको सूचना पाएपछि पछ्याउदै गएको टोलीले साहलाई रंगेहात पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिए । साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।

विशेष