नदीजन्य दोहन रोक्न खानी उत्खननको तयारी
काठमाडौं – निर्माणजन्य कच्चा पदार्थमा नदी र खोला किनारको निर्भरता हटाउन सरकारले खानी खोतल्ने प्रक्रिया थालेको छ । ढुंगा, गिट्टी र बालुवा उत्खनन्का लागि १४ जिल्लाका ९२ वटा खानीहरु प्रयोग गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।
ती खानीहरुबाट प्रतिदिन २७ हजार ६ सय घनमिटर ढुंगा, गिट्टी र बालुवा उत्पादन गर्न सकिने अनुमान छ । तत्कालै खानी प्रयोग गर्ने प्रस्ताव मन्त्रालयमा लैजाने तयारी अन्तिम चरणमा पुगेको खानी तथा भूगर्भ विभागका प्रवक्ता रामप्रसाद घिमिरेले बताए ।