विदेश

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा फेरि हमला, ४ जना घाइते

इराकमा रहेको अमेरिकी सैन्य शिविरमा फेरि हमला, ४ जना घाइते

 एजेन्सीः इराकमा रहेको अमेरिकी सैनिक अखडामा फेरि हमला भएको छ ।  बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल–बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको  इराकी सेनाले जनाएको छ। यद्यपी हमला कसले गर्यो भन्ने बारेमा भने खुलाइएको छैन् ।  

अल–बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो। इराकले आफ्नो एफ–१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनै पनि हानी नपुगेको बताइएको छ । हमलामा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले  जनाएका छन् ।  

अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि सो स्थानबाट अमेरिकी सैनिकले छोडिसकेका छन् । अमेरिकी हमलामा आफ्ना शीर्ष सैन्य कमाण्डरको हत्या भएपछि केहि दिनअघि इरानले यही सैनिक अड्डामा मिसाइल प्रहार गरेको थियो । अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थलनजिक मिसाइल प्रहार गरेर कासिम सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र इरानबीच तनाव झन् बढ्दै गइरहेको छ । 

हमला अमेरिकी सैनिक अखडा अमेरिकी सैन्य शिविर

विशेष