News

भगवान शिवलाई खुसी पार्न गर्नुहोस् यी काम, पुरा हुनेछ मनोकामना

भगवान शिवलाई खुसी पार्न गर्नुहोस् यी काम, पुरा हुनेछ मनोकामना

पुरातन कालदेखि सोमवारको सम्बन्ध भगवान शिवसंग जोडिएको छ । भगवान  भोलेनाथलाई स्वच्छ मनले आराधना गरेको खण्डमा मनले चिताएको काम बन्ने तथा सुख शान्ति छाउने बिश्वास गरिन्छ। 

सोमवारको दिन भगवान शिवको पुजा आराधना तथा उपवास बस्नाले रोगब्याधी नलाग्ने, आर्थिक संकट व्यहोर्नु नपर्ने, पतिको दिर्घायु हुने साथै कुमारी महिलाहरुले शिवजस्तै पति पाउने विभिन्न धार्मिक मान्यता रहेको छ।  

भगवान शिवलाई कसरी आराधना गर्ने 

-बिहानै स्नान गरि नजिकैको  मठ मन्दिरमा जाने यदि सम्भव नभए घरमै बसेर विधि-विधानका साथमा पुजा गर्ने 

-सबैभन्दा पहिले भगवान शिवका साथमा माता पार्वती र नन्दीलाई गंगाजल र दुधले स्नान गराउने।  

-यसपश्चात भोजपत्र , चन्दन, अक्षता, भांग अर्पण गर्ने 

-पुजा सकिसकेपछि भगवानको आरती गर्ने र चन्दन लगाउने  

के गर्ने?

–नजिकैको मन्दिरमा गई शिवजीलाई मिश्री र दूध चढाउने 

–यदि मन्दिर जान सम्भव नभएमा घरमै यी चिज अर्पण गर्न पनि सकिन्छ

बेलपत्र,  बेलपत्र भगवान शिवको सबैभन्दा प्रिय हो । त्यसैले हरेक मनोकामना पुरा गर्नका लागि सोमवार भगवान शिवलाई ११ बेलपत्र अर्पण गरि गंगाजलले स्नान गराउने।  साथमा  'ॐ नम शिवाय' मंत्र जप गरि मौसम अनुसारको फल पनि चढाउन सकिन्छ।   

 

 

 

 

शिव पूजा सोमबार

विशेष