माघे संक्रान्तीको दिन तारुकामा २१ हल गोरु जुधाईने
नुवाकोट। माघ १ गते (माघे संक्रान्ती)को दिन नुवाकोटको तारुकामा २१ हल जोरु जुधाईने भएको छ।
तारकेश्वर गाउँपालिका ३ काे चन्दनीमामा आउँदाे माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत पनि गरिने छ ।
विभिन्न ठाउँमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै ठाउँमा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको रुपमा प्रचलित भएको छ।
नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घले भञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत ठाउँमा पनि गोरु जुधाइ हुने गरेको छ ।
गोरु जुधाई तारुका