बीए तेस्रो वर्षको परीक्षाफल प्रकाशित (सूचनासहित)

काठमाडौंः त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको नतिजा प्रकाशित गरेको छ । त्रिविले २०७६ साल जेठ–असारमा लिएको ३ बर्षे बीए तेस्रो बर्षको नतिजा प्रकाशित गरेको हो ।
नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 3BA लेखी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर 33624 मा एसएमएस पठाउनु पर्नेछ ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयको आधिकारिक वेबसाईट tuexam.edu.np मा गएर पनि नतिजा हेर्न सकिने छ ।