भारतमा चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित ३ जना पक्राउ
भारत – भारतमा चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित ३ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका २९ वर्षीय जहर सिंह थापा सोही ठाउँकी २८ बर्षकी मनाकुमारी खड्का (थापा) र कैलालीको गौरिगंगा नगरपालिका २ कि ३२ वर्षकी बिन्दाकुमारी थापा (रावल) रहेका छन्। उनीहरुलाई प्रहरीले कैलालीमा पक्राउ गरेको हो।
भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँ (एक करोड ४ लाख नेपाली रुपैयाँ) सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
बाजुराका जहर सिंह थापा र मना कुमारी खड्का थापाले भारतबाट पैसा चोरी गरेको र कैलाली गौरिगंगाकी बिन्दा कुमारी थापा ९रावल० चोरीको पैसा आफ्नो घरमा लुकाई राखेको आरोपमा पक्राउ गरेको प्रहरीको भनाइ छ ।
भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो । उनीहरूले मङ्सिर ४ गते भारतबाट रकम चोरेर ल्याएको प्रहरीले जनाएको छ ।