News

१८ जना फरार अभियुक्त पक्राउ

१८ जना फरार अभियुक्त पक्राउ

काठमाडाैँ - विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका १८ जनालाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरी जिल्ला अदालत मोरङमा बुझाएको छ ।

जिल्ला अदालत मोरङबाट विभिन्न मितिमा बहु–विवाह, सवारी ज्यान, नकावजनी चोरी, लागुऔषध तथा जबर्जस्ती करणी मुद्दामा कैद तथा जरिमाना फैसला भई हालसम्म फरार रहेका उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालतमा बुझाएको हो ।

पुस महिनामा मात्रै इलाका प्रहरी कार्यालय पथरीले अदालतबाट फैसला भई कार्यान्वयन हुन बाँकी रहेका १८ जना फरार अभियुक्तलाई पक्राउ गरी बुझाइसकेको छ ।

फरार अभियुक्तलाई पक्राउ गर्न विशेष टोली नै खटाई पक्राउ अभियान सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

विशेष