News

ललिता निवासबारे सिआइबीले निकाल्यो निष्कर्षः फाइल गायब, जग्गा घुस

ललिता निवासबारे सिआइबीले निकाल्यो निष्कर्षः फाइल गायब, जग्गा घुस

काठमाडौंः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चरणवद्ध रुपमा सरकारी कर्मचारीलाई प्रलोभनमा पारेर ललिता निवासको करिब ११४ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरिएको निष्कर्ष निकालेको छ ।  

करिब १० महिना लामो अनुसन्धानपछि सिआइबीले सुरुमा राणा परिवारले मालतपोतका कर्मचरीहरुलाई मिलाएर जग्गा हात पारेको, नक्कली मोही खडा गरिएको र पछिल्लो चरणमा प्रधानमन्त्री निवासका नाममा समेत जग्गा हिनामिना गरिएको निष्कर्ष निकालेको छ ।

ब्युरोले जग्गा अनियमितामा संलग्नतामाथि भ्रष्टाचार आरोपमा छानबिन गरी कारबाही अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । बालुवाटारको करिब ११४ रोपनी सरकारी जग्गा ०४९ सालपछि निरन्तर अतिक्रमण भएको थियो ।

सिआइबीले सरकारी जग्गा हिनामिनामा राणा परिवारसहित भूमाफिया, नक्कली मोही र सरकारी कर्मचारीको मिलेमतो रहेको निष्कर्ष निकालेको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

सिआइबी ललिता निवास फाइल गायब

विशेष