मंगलबार भुलेर पनि नगर्नुहोस् यस्ता गल्ति, हुनेछ हानी
धार्मिक मान्यता अनुसार मंगलवारको सम्बन्ध मंगल ग्रहसंग हुने गर्छ साथै मंगलवारलाई संकटमोचन हनुमानको दिन पनि मान्ने गरिन्छ । यति मात्र होइन मंगलवारलाई उर्जाको कारक पनि मान्ने गरिन्छ । भनिन्छ संकट र समस्याका कारण मनुष्यको उर्जामा कमि आउछ ।
मंगलवारको दिन कुण्डलीमा हानी पुग्ने खालको कुनै पनि कार्यहरु गर्नु हुदैन जसले जीवनमा विभिन्न बाधा व्यवधानहरु देखा पर्न सक्छ । यदि मंगलवार भुलेर पनि कुनै गलत काम गरेको खण्डमा यसको परिणाम पनि नकारात्मक नै देखिन्छ ।
मंगलवार भुलेर पनि गर्नुहुदैन यस्ता कामहरु
मंगलवार कसैलाई धन दिने या लिने गर्नुहुदैन यसले जीवनमा आर्थिक संकट या हानी देखा पर्छ ।
स्वभावैले मंगलवार संकटमोचन हनुमानको दिन हो त्यसैले यस दिन सात्विक रही माछा, मासु, मध्यपान आदिबाट टाढा रहन सकेको खण्डमा भगवानको कृपा रहिरहने छ ।
मंगलवार दाह्री या कपाल काट्नुलाई पनि अशुभ मान्ने गरिन्छ । यसले कुण्डलीमा मंगल ग्रहको दोष निम्त्याउछ।
यसका साथै मंगलवार नङ काट्नुलाई पनि अशुभ मान्ने गरिन्छ । जसले जीवनमा नकारात्मक समस्याहरुको सामना गर्नुपर्ने धार्मिक शास्त्रमा उल्लेख गरिएको छ ।
मंगलबार हनुमान पुजा