बसभित्र हस्तमैथुन गरेको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने युवक एक वर्षपछि पक्राउ

काठमाडौंः एक बर्ष अघि सामाजिक सञ्जालमा सार्वजनिक बसमा हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो अपलोड गर्ने युवकलाई पक्राउ गरिएको छ । उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरिएको हो । पक्राउ परेका युवको नाम खुलाइएको छैन । उनलाई राति नै काठमाडौंतर्फ ल्याइएको छ ।
पक्राउ परेका व्यक्तिले भिडियो अपलोड गरेको स्वीकारेका छन् । भाइरल भएको एक भिडियोमा सार्वजनिक बसभित्र युवकले हस्तमैथुन गरेको दृष्य थियो । उनको बिर्य अघिल्लो सिटमा बसेकी महिलाको कपालमा परेको पनि देखिन्थ्यो । युवक र महिला दुवैको अनुहार भने देखिएको थिएन । त्यसैले अनुसन्धान जटिल भएको थियो ।
यस प्रकरणलाई लिएर बसमा महिलाहरु असुरक्षित भएको भन्दै गत वर्ष करिब दुई दर्जन युवतीहरु महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुमा पुगेका थिए । उनीहरुले प्रहरीलाई अनुसन्धान गरेर सत्य, तथ्य सार्वजनिक गरिदिन आग्रह गरेका थिए ।
हस्तमैथुन सामाजिक सञ्जाल