News

पुनःनिर्माणका क्रममा जयवागेश्वरी मन्दिरभित्र भेटियो ३ सय ७७ बर्ष पुरानो ताम्रपत्र

पुनःनिर्माणका क्रममा जयवागेश्वरी मन्दिरभित्र भेटियो ३ सय ७७ बर्ष पुरानो ताम्रपत्र

काठमाडौँ। पुन: निर्माण गर्ने क्रममा पाशुपत क्षेत्रको ग्वलमा रहेको जयवागेश्वरीको मन्दिरभित्र ३ सय ७७ वर्ष पुरानो ताम्रपत्र भेटिएको छ ।

सो क्रममा रञ्जना, भुजींमोल र प्रचलित लिपिमा नेपाल भाषामा लेखिएको ताम्रपत्र फेला परेको हो । पत्रमा ग्वलका वैद्यथर भएकी एक महिलाले आफ्ना इष्ट देवता वागेश्वरीको नाममा सुन तथा चाँदीका गरगहना चढाएको उल्लेख रहेको स्थानीयले बताएका छन् ।

नेपाल संवत् ७६४ को ताम्रपत्रमा ‘गरगहना हराए वा तलमाथि भए पाँचजना भद्र–भलाद्मीहरुले विचार गर्नू’ भन्ने किसिमले उल्लेख गरिएको स्थानीय वासिन्दा जलदराज वैद्यले जानकारी दिए ।

यही पुस ११ गते मन्दिरको पछाडिको भित्तामा विभिन्न देवी–देवताको लिच्छविकालीन चित्रकला भेटिएको थियो।  गत भदौमा जयवागेश्वरी मन्दिरभित्र अर्को मन्दिर र तीनओटा गजुरहरुसमेत भेटिएको थियो ।

ताम्रपत्र ३७७ बर्ष पुरानो

विशेष