यी हुन् बसभित्र हस्तमैथुन गर्ने युवक, किन बनाएका थिए आफैंले भिडियो?
काठमाडौंः एक वर्षअघि सामाजिक सञ्जालमा भाइरल भएको बसभित्र हस्तमैथुन गरेको भिडियो (बसकाण्ड) मा संलग्न चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई प्रहरीले सार्वजनिक गरेको छ ।
उनले सार्वजनिक गरेको भिडियोमा बसभित्र हस्तमैथुन गर्दै अघिल्लो सिटमा बसेकी महिलाको कपालमा बिर्य झरेको देखिन्छ । त्यो भिडियो सामाजिक सञ्जाल तथा पोर्न साइटहरुमा समेत अपलोड भएको थियो ।
काठमाडौंमा रिक्सा चलाउने काम गर्ने रुचाल सामाजिक सञ्जालमा विभिन्न ग्रुप बनाएर अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोच योजनामा थिए । त्यहीँ योजनाअुनसार उनले उक्त भिडियो बनाएको प्रहरीले जनाएको छ ।
रुचालका चार इमेल आइडी र तीन इन्स्टाग्राम एकाउन्ट रहेको र उनले सामाजिक सञ्जालका विभिन्न ग्रुपमा राख्ने गरेको खुलेको छ । सार्कीको च्याटहरु, फेसबुक पोष्ट र म्यासेजहरुको अनुसन्धान गर्दा उनले नै बसमा अश्लील क्रियाकलाप गरेर भिडिओ अपलोड गरेको देखिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए।
२०१९ फेब्रुअरीमा सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि भागेर भारत पुगेका उनी तीन महिना मःम फ्याट्रीमा काम गर्दै कश्मीर पुगेका थिए । कश्मीरमा चार महिना काम गरेर चितवन फर्किएका रुचाल अन्नतः पक्राउ परेका हुन् ।
मुलुकी अपराध संहिताले सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ ।
हस्तमैथुन रविन सार्की रविन रुचाल