News

सिन्धुपाल्चोकमा सुख्खा पहिरो, बस्ती र हाइड्रोपावरमा क्षति

सिन्धुपाल्चोकमा  सुख्खा पहिरो, बस्ती र हाइड्रोपावरमा क्षति

सिन्धुपाल्चोकः लगातारको सुख्खा पहिरोले भोटेकोशी गाउँपालिकामा मानव बस्ती र सो ठाँउमा रहेको ३ मेघावाटको भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको छ । भोटेकोशी गाउँपालिका–२ मा रहेको दुधिलोडाँडा खसेर पहिरो आएपछि सो हाइड्रोपावरमा क्षति पुगेको छ । पहिरो आएपछि कर्मचारीले भागेर ज्यान जोगाएका थिए ।

पहिरोका कारण हेडर्वक्स, डेसन्डर, क्यानल, स्टाफ क्वाटर, एक स्काभेटर लगायतको भौतिक संरचनामा क्षति पुगेको हाइड्रोका इन्जिनियर तथा साइट इन्चार्ज पुष्पराज डाँगीले बताए । साथै मेशिन औजारमा क्षति पुगेको उनले बताए । सुख्खा पहिरो निरन्तर झरिरहेको छ । बस्ती र हाइड्रोलाई पुन क्षति पुग्ने खतरा रहेको छ । सो हाइड्रोपावरका प्रमुख कार्यकारी अधिकृत दिनेश पौडेलका अनुसार पहिरो रोकिएको छैन । पहिरोले हाइड्रो र मानवबस्ती खतरामा परेको छ ।

सुरक्षाका लागि सम्बन्धित पक्षलाई खबर गरेको जानकारी दिनु भएको छ । सो हाइड्रोले हाल ८ सय ५० किलोवाट बिद्युत उत्पादन गरिरहेको थियो । पहिरोका कारण हाइड्रोका सम्पूर्ण काम बन्द भएको छ । पहिरो सोमबार दिउँसो दुई बजेबाट झरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सुख्खा पहिरोका कारण भैरवकुण्ड हाइड्रोपावरमा क्षति पुगेको र एक किलोमिटर तल रहेको मानव बस्ती खतरामा रहेको जानकारी दिएका छन् ।  

सिन्धुपाल्चोक क्षति भैरवकुण्ड हाइड्रोपावर भोटेकोशी गाउँपालिका

विशेष