News

माघ १ देखि खुल्लामञ्चमा पार्किङ निषेध

माघ १ देखि खुल्लामञ्चमा पार्किङ निषेध

काठमाडौँ। माघ १ गतेदेखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरिएको छ । अव्यस्थित पार्किङले खुल्लामञ्चको स्वरुप विग्रिएको भन्दैं सरोकारवालाहरुले विरोध गरेपछि काठमाडौं महानगरपालिका वडा नम्बर २८ को पहलमा खुल्लामञ्चलाई पार्किङ निषेध गर्न लागिएको हो ।

कुनै समय राजनीतिक पार्टीले आमसभा गर्ने र जनताहरुले बसिबियालो गर्ने खुल्लामञ्च यतिबेला जथाभावी पार्किङ र भौतिक पूर्वाधारहरुको निर्माणले कुरुप बनेको छ । खुल्ला ठाउँ खुल्ला नै हुनुपर्छ भन्दै अकुपाई टुँडिखेलका अभियन्ताहरुले निरन्तर विरोध गर्दै आएपछि काठमाडौं महानगरपालिका वडा नम्बर २८ ले जथाभावि पार्किङलाई हटाउन पहलकदमी थालेको छ ।

माघ १ गते देखि खुल्लामञ्चमा सवारी पार्किङ गर्न निषेध गरीएको व्यानर खुल्लामञ्च परिसरमा टाँगिएको छ।  सवारी पार्किङले अस्तव्यस्त बनेको खुल्लामञ्चमा पार्किङ हटाउनु निकै सकारात्मक काम भएको सर्वसाधरणले बताएका छन् । ऐतिहासिक खुल्लामञ्चलाई पूरानै स्वरुपमा फर्काइनुपर्ने जनआवाज रहेको छ ।

 

खुल्लामञ्च पार्किङ निषेध

विशेष