यसकारण एमसीसी नेपालको हितमा छैन(एमसीसी सम्झौताको पुर्ण पाठसहित)
काठमाडाैँ – पछिल्लो समय मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको पक्षमा नरहेको सत्तारुढ लगायत अन्य दलका नेताले बताइरहेको बेला साच्चै सडकदेखि सदनमा असन्तुष्ट पक्षले विरोध गरिरहेका छन्।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम बहादुर रावलले अहिलेको एमसीसी सम्झौता देशको हित विपरित रहेको सार्वजनिक रुपर्म बताउदै आएका छन्।
यी १० मुख्य कारणले एमसीसीकाे विराेध गरिरहेका छन् नेताहरू
१. अमेरिकाले नेपाललाई प्रदान गर्ने भनिएको सहयोग रकम कुन परियोजनाका लागि हो भन्ने कुरा अमेरिकाले आफै छान्ने ।
२. एमसीसी लागू भएपछि अमेरिकाको एमसीसी परिचालन बोर्डलाई नेपालले स्वायत्त अधिकार सहित संबैधानिक मान्यता प्रदान गर्नुपर्ने ।
३. एमसीसी परियोजना संचालनमा नेपालले कुनै पनि चासो राख्न नपाउने , कुनै सोधपुछ नै गर्न नपाउने ।
४. एमसीसी परियोजनाको बौद्धिक सम्पत्ति अमेरिकाको हुने ।
५. रोजगारी पनि अमेरिका कै नागरिकले पाउने ।
६. एमसीसी परियोजना लागू भएका स्थानको जमिन, नदी , बन जेजे पर्छ सबै नेपालका सम्बन्धित मन्त्रालयले अमेरिकाको नाममा बनाइदिनुपर्ने ।
७. एमसीसी लागू भएको ठाउँमा अमेरिकाले आफ्नो परियोजनाको सुरक्षाका लागि अमेरिकी सेना राख्ने ।
८. एमसीसी परियोजनामा आवश्यक सम्पुर्ण सामग्री सबै अमेरिकाले नै किन्ने र नेपालले के किनेर लिएको भन्न पनि नपाउने ।
९. अमेरिकाको परियोजनामा भारतको समर्थन अनिवार्य हुनुपर्ने ।
१०.नेपालका एमसीसी संग बाझिएका कानुन स्वत रद्द भइ अमेरिकाको कानुन लागू हुने ।