'१२ हजार मान्छे मारेको जिम्मेवारी राज्यले लिन्छ भने ५ हजारको जिम्मेवारी म लिन्छु'
काठमाडाैँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूलाई सशस्त्र विद्रोहका बेला १७ हजार मान्छे मारेको अभियोग लागाउनेलाई चुनौती दिएका छन्। उनले राज्यका तर्फबाट द्वन्दकालमा १२ हजार मान्छे मारेको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे ।
काठमाडौंको टुँडिखेलमा आयोजित थारू राष्ट्रिय माघी महोत्सव तथा थारू संवत् २६४३ को अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले भने,‘मलाई १७ हजार मान्छे मारेको अभियोग लगाइन्छ तर राज्यले मारेका १२ हजार मान्छेको जिम्मेवारी कसैले लिन्छ भने बाँकी ५ हजार मान्छे मारेको जिम्मेवारी म लिन्छु।’
उनले क्रान्तिको बाटो बाङ्गोटिङ्गो हुने पुरानो अभिव्यक्ति दोहोर्याउँदै सोझो बाटोबाट क्रान्ति सफल नहुने दाबीसमेत गरे ।