चरेस बोकेर बैंकक जान लागेका युवक विमानस्थलमा पक्राउ
काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरेस बाेकेर बैंकक जान लागेका युवक पक्राउ परेका छन्।
विमानस्थलकाे सुरक्षा कार्यालयले बुधवार दिउँसो थाई यएरलाईन्सको उडानद्धारा नेपालबाट बैंकक जान लागेका ईलाम मासेवुङ गाँउपालिका १ बस्ने दिलेन्द्र योङहाङलाई अन्दाजी ३ किलो लागुऔषध चरेस सहित प्रहरीले पक्राउ गरेको हो।
घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।