अवैध सम्पत्ति आर्जन गर्ने ४१ मेनपावरमाथि सीआईबीले थाल्याे अनुसन्धान
काठमाडौं–ठगी गरी अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ४१ वटा मेनपावर कम्पनीमाथि एकैसाथ अनुसन्धान सुरु गरेको छ ।
गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा पठाएबापत अकुत सम्पत्ति आर्जन गरेको प्रारम्भिक रिपोर्टपछि विभागले मेनपावर कम्पनी र त्यसका सञ्चालकको सम्पत्ति छानबिन गर्न सुरु गरेको हो।विभागले मेनपावर कम्पनी र सञ्चालकलाई अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिएको छ।अनुसन्धान थाल्ने सिलसिलामा ब्युरोले हालै ती सबै मेनपावर कम्पनीको सेयर, लागत, तथा सञ्चालकको विवरणसहितको प्रबन्ध पत्र उपलब्ध गराउन कम्पनी रजिष्ट्रारको कार्यालयलाई पत्राचार गरिसकेको छ । कर बुझाए–नबुझाएको विवरण उपलब्ध गराउन ब्युरोले आन्तरिक राजश्व विभागलाई पनि पत्राचार गरेको हो ।
उक्त मेनपावरको बैकिङ विवरण देखी हालसम्म कति व्यतिलाई वैदेशिक रोजगारीमा पठाए सम्मको विवरण समेत वैदेशिक रोजगार विभागसँग मागिएको खबर छ ।अपनाउनुपर्ने जति सतर्कता सबै अपनाउनएको र कोही नभागोस भन्ने मनाशयले अनुसन्धानको सुइँको पाएर प्रमाण लोप गराउन सक्ने आशंकामा ब्युरोले ती मेनपावर कम्पनी र सञ्चालकलाई उच्च निगरानीमा राखेको छ। अनुसन्धानको कुरा भन्न मिल्दैन, अनुसन्धान भइरहेको कारण सबै तथ्य भने सार्वजनि गर्न नमिल्ने धारणा रहेको ब्युरो स्रोतले दिएको छ ।अनुसन्धानमा रहेका मेनपावर कम्पनीहरू राजधानीमा नाम चलेका छन्।
अनुसन्धान थालिएका मेनपावर कम्पनीमा ट्रेन्स वर्ल्ड मेनपावर प्रदर्शनीमार्ग, इन्टरनेशनल मेनपावर रिक्युमेन्ट ग्वार्को, ब्लू ओसियन ओभरसिज टोखा, खोजी रिक्युटमेन्ट सर्भिस सानेपा, अल सेक्युर मेनपावर सीनामंगल, संयोग ओभरसिज तीनकुने, युनाइटेड एचआर सोलुसन कोटेश्वर, निर्मल एचआर सोलुसन चक्रपथ, सृष्टि ओभरसिज इम्पोइमेन्ट सर्भिस नयाँ बानेश्वर, गुडविल इन्टरनेसनल, ह्याप्पी नेपाल इम्पोइमन्टबसुन्धरा, टाइगर ओभरसिज– धुम्बाराही, भर्टेक्स एचआर चाबहिल, ओमेगा इन्टरनेशनल पिंगलास्थान, एसभी एशोसिएट्स महाराजगन्ज, पंगेनी ह्युमन रिसोर्सेज सामाखुसी छन्।
यस्तै, सदिक्षा ओभरसिज सामाखुसी, मास ह्युमन रिसोर्सेज गोंगबु, लिबर्टी एचआर कन्सलटेन्न महालक्ष्मीस्थान ललितपुर, शेर्पा इन्टरनेशनल मेनपावर सामाखुसी, ठैब राइज म्यानेजमेन्ट अनामनगर, प्रिज्म ओभरसिज इम्पोइमेन्ट लाजिम्पाट, खोपेरसी इन्टरनेसनल टोखा, ग्रोथ प्रोसेस इन्टरनेसनल बसुन्धरा, अल सामा इन्टरनेसनल इम्पोइमेन्ट तीनकुने, डोस लिंक सामाखुसी, एपोलो ओभरसिज सर्भिस सामाखुसी, विज्ञान एभआर म्यानेजमेन्ट चप्पल कारखाना छन्।
यस्तै, वर्ल्ड मेनपावर आइएनसी- एमरोड, डि प्रोटोन मेनपावर सप्लायर्स- गौशाला, लालधनुष इन्टरनेसनल सर्भिस- बत्तीसपुतली, इन्टरनेसनल एचआर सोलुसन- काठमाडौं-८, इम्पोरियल ओभरसिज- सीनामंगल, राज ओभरसिज- काठमाडौं-३३, जस्मिन ओभरसिज प्रा.लि. अभिनाश इन्टरनेसनल – बसुन्धरा, अलरहिम मेनपावर- चप्पलकारखाना, लिभरपुल एचआर सोलुसन- स्वयम्भू, हाइटेक एचआर सोलुसन- मैतीदेवी, तिलिचो ओभरसिज-काठमाडौं-९, नाज ओभरसिज- बसुन्धरा र जी एन्ड पी इन्टरनेसनल ओभरसिज- बसुन्धरा रहेका छन्।