बालुवाटार जग्गा प्रकरणका मुख्य योजनाकार ढकालको घरमा बम विस्फोट
काठमाडौं - बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणका मुख्य योजनाकार शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।
बुधबार साँझ नागार्जुन-१ नर्सरी चोकस्थित उनको घरमा बिस्फोट भएको हो । विस्फोटमा घरको शिशा फुटेको छ भने पार्किङ गरेर राखेको गाडी गेटमा पनि क्षति भएको छ ।
विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए । तर कुनै मानवीय क्षति नरहेको महानगरीय प्रहरी परिरस, काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले बताए । विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।प्रहरीले विस्फोट भएको तर बम वा अरु केही भन्ने अनुसन्धान भइरहेको बताएको छ ।