ढकालको घरमा भएको बम विस्फोटको जिम्मा विप्लव समूहले लियो
काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना प्रकरणका मुख्य योजनाकार शोभाकान्त ढकालको घरमा भएको बम विस्फोटको प्रतिबन्धित विप्लव समूहले जिम्मेवारी लिएको छ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले पर्चा नै निकालेर जनाएको छ ।