News

उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्र सारिने

उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्र सारिने

काठमाडौँ। सरकारले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि बृहत् योजना ल्याएको छ ।

योजनाअन्तर्गत १८ वटा पेट्रोल पम्प सार्नेदेखि २९ स्थानमा ट्राफिक लाइट व्यवस्थापन गर्नेसम्मका विषय समेटिएका छन् । कार्ययोजनाअनुसार उपत्यकका १० ठाउँमा पेडेस्ट्रियन लाइट मर्मत गरिनेछ भने १६ ठाउँमा नयाँ निर्माण गरिनेछ ।

उपत्यकाका १८ पेट्रोल पम्प अन्यत्रै सारिनेछ । कोटेश्वर–जडिबुटी चोकसम्म खाली ठाउँमा सर्भिस लेन निर्माण गरिने छ भने उपत्यकाका ५१ ठाउँमा सवारीसाधनलाई दायाँ मोड्न निषेध तथा १२४ स्थानमा सीसीटिभी तथा मोबाइल सीसी क्यामरा जडान गरिनेछ । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन। 

#पेट्रोल पम्प

विशेष