News

डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन : मुख्यमन्त्री पौडेल

धादिङ। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केन्द्रीय, प्रदेश र स्थानीय तीनै सरकार मुलुकको विकास निर्माणमा लागेको बताए। धादिङको त्रिपूरासुन्दरी गाउँपालिका वडा नं ३ मूलपानीमा निर्माण गरेको महेन्द्रोदय माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले काम गर्ने शैली, व्यवहारमा परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताए।

लामो आन्दोलन र अथक प्रयासपछि देशमा संघीयता आएको भए पनि पूरानै ढर्रामा चलिरहेकाले गर्दा संघीयतालाई स्थायित्व दिन स्थानीय सरकारले बलियो हुनुपर्ने बताए। ‘विकास डोजर लगाएर पाखा भत्काउनु मात्र विकास होइन,’ स्थानीय सरकारलाई निर्देशन दिँदै उनले भने, ‘ठेकेदारको काम गर्नुहुन्छ भने ठेकेदार बन्नुस्, जनताको सेवा गर्न आउनुभएको हो भने विकासमा तल्लिन हुनुहोस्।’

स्थानीय सरकारले जनमुखी काम गर्न नसकेको विषयलाई आंैलाउदै योजना बनाएर जानुपर्ने बताए। ‘देशमा तीन तहको सरकार भएकाले आफू एक्लै सर्वैसर्वा ठान्नुु हुँदैन,’ उनले भने, ‘तीनवटै सरकार एकअर्काका परिपूरक हुन्, आफू नै सवैसर्वा भएको जस्तो गरी केही स्थानीय तह चलेका छन्, त्यसले कसैलाई पनि फाइदा गर्दैैन।’ अहिले सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा देखिएकाले प्रदेश सरकारमा आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगर्ने र अरू भ्रष्टाचार गर्न नदिने प्रतिबद्धता व्यक्त गरे। यो समाचार आजको नागरिक दैनिकमा सरिता श्रेष्ठले लेखेकी छिन। 

डोरमणि पौडेल

विशेष