नेपाल प्रहरीले माग्यो १ सय ४९ इन्स्पेक्टर र ५ सय ८४ असई

काठमाडौँ। नेपाल प्रहरीले १ सय ४९ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)सहित ५ सय ८४ जना प्रहरी सहायक निरीक्षक (असई)का लागि भर्ना खोलेको छ।
नेपाल प्रहरीको भर्ना छनौट महाशाखाले समावेशी आधारमा प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को भर्ना खोलेको हो। यसमा खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग भएको छ।
उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।