मौसम: आज बेलुकादेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी न्यून छापिय प्रणालीको असरले आज बेलुकीदेखि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेको छ।
यसकै प्रभावले बुधबार राति पश्चिमका थोरै ठाउँमा पानी पर्नुका साथै उच्च हिमाली तथा पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीको भनाई छ। बुधबार राति पश्चिममा पानी र हिमपात पार्ने प्रणाली मध्य हुँदै पूर्व सर्ने भएकाले बिहीबार दिउँसो काठमाण्डाैसहित मध्य क्षेत्रमा पनि पानी पर्ने छ । साथै बिहीबार बेलुकीदेखि पूर्वमा पनि पानी र हिउँ पर्ने उनले बताईन।
बिहीबार र शुक्रबार देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा वर्षा र हिमपात भए पनि शनिबार दिउँसोपछि भने मौसम खुल्दै जाने मौसमविद् नगरकोटीको अनुमान छ । मौसम बदली भएसँगै राम्रोसँग घाम नलाग्दा चिसो बढ्ने हुँदा सजक हुन समेत मौसमविदहरुले आग्रह गरेका छन।
मौसम पूर्वानुमान महाशाखा