News

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन गल्छी गाउँपालिकाले दियो १०० टिपर बालुवा

काठमाडौँ। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई धादिङको गल्छी गाउँपालिकाले १०० टिपर बालुवा निशुल्क उपलब्ध गराउने भएको छ।  

यसैका लागि फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल र समितिका अध्यक्ष रामकुमार चापागाईँबीच मङ्गलबार सम्झौता समेत भएको छ । समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि टिपर तथा ट्रक व्यवसायीले थोरै भए पनि सहयोग गर्ने निर्णय गरेको जनाएका छन। 

पछिल्लो समय खेल मैदान निर्माणका गर्न अन्तर्राष्ट्रियस्तरका विज्ञसँग सम्झौता गरिँदै छ । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रङ्गशाला निर्माणले निरन्तरता पाएको जानकारी दिए। रङ्गशालाको आकार आउने गरी काम अघि बढेको छ । मैदान, संरचनाको जग राख्ने काम, ढल निकासको काम भइरहेको छ। 

रङ्गशालामा नमूना खेल मैदान निर्माण गरी मैत्रीपूर्ण खेलसमेत भइरहेका छन् । ५० ओभरका तीनवटा पिच तयार भएर तीनै खेल मैदानमा खेल भएका हुन् । रङ्गशाला सम्पन्न हुँदै गर्दा त्याे ठाउँ पार्किङ हुनेछ । रङ्गशालामा देशका ७७ जिल्लाको अपनत्व हुने गरी नक्साङ्कन गरिएको छ । र

 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला

विशेष